Lesson : राष्ट्रिय समसामयिक
नेपालबाट बंगलादेशमा विद्युत निर्यात सुरु 🆕
नेपालबाट बंगलादेशमा विद्युत निर्यातको सुभारम्भ गरिएको छ
- कहिले ? : २०८१ कार्तिक ३०
- नेपालबाट ४० मेगावाट विद्युत् भारतको प्रसारण लाइन हुँदै बंगलादेश पुर्याइएको हो
- नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिक्री गर्ने छ
- नेपालमा उत्पादित विद्युत् बंगलादेश निर्यात गर्दा ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसन पुर्याइन्छ । त्यहाँबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेशमा विद्युत् पुग्छ ।
- अब प्राधिकरणले आगामी २०२५ जुन १५ (असार १) बाट विद्युत् बिक्रीलाई निरन्तरता दिनेछ ।
- नेपालबाट भारत हुदै बंगलादेश विद्युत निर्यात सम्बन्धि त्रिदेशीय सम्झौता भएको मिति : २०८१ असोज १७