Lesson : राष्ट्रिय समसामयिक
नेपालमा २०.२७ प्रतिशत गरिबी रहेको तथ्यांक सार्वजनिक
चौथो जीवनस्तर सर्वेक्षण २०७९/८० को नतिजा सार्वजनिक गरिएको छ
- कहिले ? : २०८० माघ २९
- सार्वजनिक गर्ने निकाय : राष्ट्रिय तथ्यांक कार्यालय
- नेपाल जीवनस्तर सर्वेक्षण ५/५ बर्षमा गरिने गरिबी मापन गर्ने मुख्य सर्वेक्षण हो
- पहिलो जीवनस्तर सर्वेक्षण आ.व. २०५२/५३ मा गरिएको थियो
मुख्य नतिजाहरु :
- नेपालको गरिबी : २०.२७ प्रतिशत
- सहरी क्षेत्रको गरिबी : १८.३४%
- ग्रामिण क्षेत्रको गरिबी : २४.६६ %
- गरिबीको विषमता : ४.५२%
- गिनी सूचकांक : ०.३० (शहरी : ०.३०३ र ग्रामिण : ०.२८७)
- गरिबीको रेखामुनी रहेको जनसंख्या : ५९ लाख ११ हजार ६५९ जना
- एक वर्षमा ७२ हजार ९०८ रुपैयाँ उपभोगमा खर्च गर्न नसक्ने नागरिकलाई गरिबीको रेखामुनि राखिएको
- नेपालको औसत प्रतिव्यक्ति उपभोग खर्च वार्षिक १ लाख २६ हजार १७२ रुपैयाँ पुगेको
- प्रतिदिन प्रतिव्यक्ति २ हजार २३६ किलो क्यालोरी आवश्यक
- ५३ प्रतिशत खर्च खाद्यान्न र ४७ प्रतिशत खर्च गैरखाद्य उपभोगमा हुने
- २०६६/६७ मा गरिएको तेस्रो जीवनस्तर सर्वेक्षणमा २५.१६ प्रतिशत गरिबी रहेको थियो
कुन प्रदेशमा कति प्रतिशत गरिबी ?
- कोशी : १७.१९ %
- मधेश : २२.५३ %
- बागमती : १२.५९%
- गण्डकी : ११.८८%
- लुम्बिनी : २४,३५ %
- कर्णाली : २६.६९ %
- सुदूरपश्चिम : ३४.१६%
जीवनस्तर सर्वेक्षणले देखाएको गरिबी इतिहाँस :
- पहिलो जीवनस्तर सर्वेक्षण (२०५२/५३ ) : ४१.७६ प्रतिशत
- दोस्रो जीवनस्तर सर्वेक्षण (२०६०/६१) : ३०.८५ प्रतिशत
- तेस्रो जीवनस्तर सर्वेक्षण (२०६६/६७) : २५.१६ प्रतिशत
- चौथो जीवनस्तर सर्वेक्षण (२०७९/८०) : २०.२७ प्रतिशत