Lesson : अन्तराष्ट्रिय समसामयिक
भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित
भारतको १५ औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ
- निर्वाचित मिति : २१ जुलाई २०२२ (२०७९ श्रावण ५)
- नाम : द्रौपदी मुर्मू
- राजनीतिक दल : भारतीय जनता पार्टी
- प्राप्त मत : 6,76,803 मत
- पदभार ग्रहण : २५ जुलाई २०२२
- प्रतिद्वन्दी : यसवन्त सिन्हा
- जुलाई २४ तारिखमा राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मूले जुलाई २५ तारिखमा राष्ट्रपतिको पदभार सम्हाल्नुहुनेछ ।
- उहाँ भारतको पहिलो आदिवासी महिला राष्ट्रपति समेत बन्नुभएको छ ।
- उहाँको जन्म सन् १९५८ को जुन २० मा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा भएको थियो ।
- उहाँ झारखण्डको अल्पसङ्ख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्नुहुन्छ ।
- उहाँले २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गर्नुभएको थियाे ।