Lesson : राष्ट्रिय समसामयिक
राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् सदस्यमा नेपाल विजयी
नेपाल संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् सदस्यमा विजयी भएको छ
- कहिले ? : ८ जुन २०२३
- प्राप्त मत : १४५
- कार्यकाल : सन् २०२४–२०२६
- नेपालले एसिया प्यासिफिक समूहमा सबैभन्दा बढी मत प्राप्त गरेको हो।
- यो परिषद् राष्ट्र संघका ६ प्रमुख अंगहरुमध्ये एक हो। जसमा ५४ सदस्य छन्। तिनको चुनाव हरेक वर्ष महासभाले गर्ने गर्छ।
- सदस्यहरुको तीन वर्षे कार्यकाल हुने गर्छ। त्यसमध्ये एसिया प्यासिफिक क्षेत्रबाट ११ सदस्य रहने गर्छन्।
- परिषद् अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक मुद्दाहरुमा छलफल गर्ने प्रमुख फोरम मानिन्छ।
- नेपाल संगै छनोट हुने देशहरु : १८ ( नेपाल, पाकिस्तान, जापान, केन्या, मौरिटानिया, नाइजेरिया, सेनेगल, जाम्बिया, पोल्याण्ड, हाइटि, पाराग्वे, सुरिनाम, उरुग्वे, फ्रान्स, जर्मनी, लिक्टेनस्टाइन, स्पेन र बेलायत)