Lesson : अन्तराष्ट्रिय समसामयिक
२७ औं कोप (COP) सम्मेलन सम्पन्न
जलवायु परिवर्तन सम्बन्धि २७ औं कोप (COP) सम्मेलन सम्पन्न भएको छ
- कहिले ? : २० नोभेम्बर २०२२
- सम्मेलन अवधि : 6 - 18 November 2022 हुने भनिए पनि २ दिन थप गर्दै २० नोभेम्बरमा समापन
- आयोजना स्थल : इजिप्टको शर्म–एल–शेख शहर
- २७ औं सम्मेलनको अध्यक्षता गर्ने व्यक्ति : समेह सौकरी
- सम्मेलनको नारा : Together for Transparency
- अन्य जानकारी :
- मुख्य मुद्धा: हरितगृह ग्यास उत्सर्जनको हानि नोक्सानी सम्बोधन र त्यसका लागि वित्त व्यवस्थापनको विषय
- २६ औं सम्मेलन : २०२१ मा स्कट्ल्यान्डको ग्लास्गोमा भएको
- अघिल्लो वर्षको कोप २६ ले हानि नोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र (सेन्टियागो नेटवर्क) लाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।
- COP को पुरा रुप : Conference of Parties
- आयोजक : United Nations Framework Convention on Climate Change (UNFCCC) - (मुख्यालय - जर्मनीको बोनमा)
२७ औं सम्मेलनका उपलब्धिहरु :
जलवायुजन्य हानिनोक्सानी सम्बोधनका लागि अलग्गै कोष स्थापना गर्ने ऐतिहासिक निर्णय ।
कोषको नाम : Global Shield Against Climate Risks initiative (जलवायु जोखिम विरुद्दको विश्वव्यापी रक्षाकवच)
- १४ नोभेम्बर २०२२ मा घोषणा,
- यो जलवायुको कारण हुने क्षतिको पूर्तिकालागि सामाजिक सुरक्षाको रुपमा काम गर्ने वित्तीय अवधारणा हो,
- COP 27 का दौरान G-7 र Vulnerable Twenty (V20) देशहरुको पहलमा यो जारी गरिएको
- यस वित्तीय सहायता कोषमा सुरुवाती लगानी Germany, Denmark, Ireland र Canada ले गरेका छन्
- यसबाट सर्वप्रथम लाभलिने देशहरु Pakistan, Bangladesh, Costa Rica, Fiji, Senegal, Philippines र Ghana हुनेछन
Vulnerable Twenty (V20) भनेको के हो ?
- जलवायु परिवर्तनको कारण जोखिममा रहेका देशहरुको समुह
- स्थापना : 08 October 2015
- सदस्य देश : ५८ वटा
- दक्षिण एसियाबाट सदस्य : नेपाल, भुटान, अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, श्रीलंका
के हो कोप सम्मेलन ?
- सन् १९९२ मा संयुक्त राष्ट्र जलवायु परिवर्तन फ्रेमवर्क सम्मेलन' (United Nations Framework Convention on Climate Change- UNFCCC) मा हस्ताक्षर गरिएको थियो , १९९२ को उक्त सम्मेलनलाइ पृथ्वी सम्मेलन, रियो सम्मेलन आदि नामले समेत चिनिन्छ ,
- सन् १९९४ मार्च २१ मा UNFCCC लागू भयो ,
- त्यसपछि UNFCCC को सवोच्च निकायको रुपमा हरेक राष्ट्रका प्रतिनिधि रहने संयन्त्र निर्माण गरियो जसलाई Conference of Parties (COP) भनियो ,
- यो COP को बैठक बर्षेनी बस्ने व्यवस्था गरिए संगै पहिलो बैठक सन् १९९५ मार्चमा जर्मनीको बर्लिनमा भएको थियो ।
आगामी COP सम्मेलनहरु
- कोप २८ : संयुक्त अरब इमिरेट्स मा सन् २०२३ मा हुनेछ