Lesson : दिवस र नाराहरु
२६ औं स्वास्थ्य सेवा दिवस २०८०
२६ औं स्वास्थ्य सेवा दिवस २०८० मनाइएको छ
- कहिले ? : २०८० फागुन १५ गते
- २०८० को नारा : 'दक्ष जनशक्ति गुणस्तरीय स्वास्थ्य सेवा - निरोगी नेपाल निर्माणमा हाम्रो टेवा"
- बिक्रम सम्वत २०५३ फागुन १५ गते स्वास्थ्य सेवा ऐनमा लालमोहर लागेको दिनको सम्झनामा हरेक बर्षको फागुन १५ मा स्वास्थ्य सेवा दिवस मनाउने गरिन्छ
- दिवसको अवसरमा एकलाख पुरस्कार राशिको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार : बबिता विष्ट, सिनियर अनमी , दार्चुलालाई प्रदान गरिएको छ