Lesson : दिवस र नाराहरु
अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस २०२४
१६ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ
- कहिले ? : २०२४ सेप्टेम्बर ७
- हरेक बर्षको सेप्टेम्बर महिनाको पहिलो शनिवार यो दिवस मनाउने गरिन्छ
- गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति यो दिवस मनाउने गरिन्छ
नेपालमा गिद्धको अवस्था :
- अवस्था : संख्या घट्दै गएको
- नेपालमा : ९ प्रजातिका गिद्ध पाइने
- विश्वमा : २३ प्रकारका गिद्ध पाइने
- नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन्
पछिल्लो तथ्याङ्क अनुसार
- नेपालमा हिमाली गिद्धको सङ्ख्या १० हजार
- डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार
- सुन गिद्ध र हाडखोर गिद्ध करिब पाँच/पाँच सयको
- सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारी छ ।
थप : वासस्थान सङ्कटमा पर्दै जानुका साथै गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेको मानिन्छ,
औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ