Lesson : राष्ट्रिय समसामयिक
पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान
पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ
- कहिले ? : २०८० असार ६
- उडान गर्ने विमान कम्पनि : सिचुआन एयरलाइन्स
- उडानको किसिम : चार्टर उडान
- चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज पोखरा विमानस्थलमा सफल अवतरण गरेको हो
पोखरा विमास्थलबारे थप जानकारी :
- यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज दुर्घटनाग्रस्त भएको : २०७९ माघ १ (बिहान १०:५०)
- विमानस्थलको उद्घाटन : २०७९ पुष १७
- विमानस्थल नेपाललाई हस्तान्तरण : २०७८ चैत्र १२
- विमानस्थलमा यान्त्रिक परिक्षण सम्पन्न : २०७९ मङ्सिर ५ देखि १२ गते
- यो विमानस्थल चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो,
- यसका लागि सन् २०१४ मे २२ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच व्यापारिक सम्झौता भएको थियो ।