Lesson : अन्तराष्ट्रिय समसामयिक
चिनियाँ राष्ट्रपति सी चिनपिङ तेस्रो कार्यकालका लागि निर्वाचित
सी चिनपिङ चिनिया राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्
- कहिले ? : २२ अक्टोबर २०२२ (५ कार्तिक २०७९)
- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित भएका हुन्,
- पार्टीको महाधिवेशनबाट तेस्रो कार्यकालका लागि पुनः शक्तिमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी पाँच वर्षसम्म देशमा शासन गर्नका लागि आफ्नो नयाँ समूह चयन गरेका छन् ।
- ७ सदस्यीय स्थायी समिति
- सी चिनपिङ (पार्टी महासचिव, राष्ट्रपति)
- ली चियाङ (प्रधानमन्त्री)
- चाउ लेजी,
- वाङ हुनिङ,
- चाई ची,
- तिङ सेसाङ
- ली सी
- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्च निकायका रूपमा रहने समूह चीनको राष्ट्रपतीय क्याबिनेट मानिन्छ ।
- यस अघि दोस्रो स्थानमा रहेका प्रधानमन्त्री ली खछ्याङ भने नयाँ टिममा अटाएका छैनन् ।
- २० औं महाधिवेशनमाले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।