Lesson : राष्ट्रिय समसामयिक
तराई भूपरिधिलाई अन्तराष्ट्रिय संरक्षण पुरस्कार
तराई भूपरिधिले अन्तराष्ट्रिय संरक्षण पुरस्कार प्राप्त गरेको छ
- कहिले ? : १३ फेब्रुअरी २०२४
- निकाय : UNEP र WFO
- तराई भूपरिधि वा ताल (Terai Arc Landscape) भनिने क्षेत्रले द्रुत गतिमा क्षयीकरण भइरहेका नेपाल र भारतमा वन तथा वन्यजन्तु संरक्षणको बिँडो उठाएको दुई दशकपश्चात् यसले अन्तर्राष्ट्रिय संरक्षण पुरस्कार पाएको छ।
- विश्वभरि तालसहित ७ वटा त्यस्ता अभियानलाई संयुक्त राष्ट्रसङ्घको वर्ल्ड रेस्टोरेसन फ्ल्यागशिप उपाधि दिइएको हो
- तराई भूपरिधिअन्तर्गत नेपालपट्टि पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षण क्षेत्रका साथै बरन्डाभार, खाता, बसन्ता, लालझडी-मोहना, ब्रह्मदेव, काम्दी र कर्णाली जैविकमार्ग पर्छन्।
- त्यस्तै भारतपट्टि चाहिँ बाल्मिकी बाघ आरक्ष, सोहागी बरवा वन्यजन्तु आरक्ष, सुहेलवा वन्यजन्तु आरक्ष, कटर्नीघाट वन्यजन्तु आरक्ष, दुधवा राष्ट्रिय निकुञ्ज तथा पिलिभित बाघ आरक्ष पर्छन्।
- संयुक्त राष्ट्र संघले सन् २०२१ देखि २०३० सम्मको दशकलाई UN Decade on Ecosystem Restoration घोषणा गरेको छ