Lesson : राष्ट्रिय समसामयिक
७१ पालिकालाई विपत संकटग्रस्त क्षेत्र घोषणा
७१ पालिकालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ
- घोषणा मिति : २०८१ असोज १८
- मिति २०८१ असोज ११ र १२ गते आएको बर्षाले क्षति पुर्याएका ७१ पालिकालाई सरकारले विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ
- घोषणाको कानूनी आधार : विपद् जोखिम न्यूनीकरण तथा विस्थापन ऐन, २०७४ मा कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएको अवस्थामा त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकेर सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सकिने प्रावधान छ ।
- घोषणाको प्रभाव : सरकारी, गैरसरकारी कार्यालय एवं शिक्षण संस्थाहरु केही अवधिका लागि बन्द गर्न सकिने, विशेष राहात र पुनर्स्थापनाका कार्यक्रम संचालन गर्न सकिने, उद्धारमा प्रतिकूल असर पर्ने काम कारवाही गर्न नदिइने र सरकारले आवश्यक सम्झेमा त्यस्तो क्षेत्रमा कर्मचारीहरुलाई काजमा खटाउन सक्ने