Lesson : राष्ट्रिय समसामयिक
नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सम्पन्न
छैठौं नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सम्पन्न भएको छ
- सम्पन्न मिति : २०७९ असौज १२
- बैठक अवधि : २०७९ असौज ११ र १२
- संस्करण : छैठौं
- आयोजना स्थल : सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक, काठमाडौँ , नेपाल
- सहभागी : नेपालका तर्फबाट सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक राजु अर्याल र भारतका सशस्त्र सीमा बल (एसएसबी) प्रमुख सुजोय लाल थाउसेन तथा दुवै देशका गृह, परराष्ट्र र नापी विभागका प्रतिनिधि
- एजेन्डा : सीमास्तम्भ सुरक्षा, सीमा सुरक्षाको समीक्षा, गतवर्षका एजेन्डा कार्यान्वयनको अवस्थालगायत करिब सातवटा बुँदा एजेन्डामा छलफल
हालसम्मका बैठकहरु :
- पहिलो : २०६९ (दिल्ली)
- दोस्रो : २०७२ (काठमाडौँ )
- तेस्रो : २०७३ (भारत )
- चौथो : २०७६ (नेपाल)
- पाँचौं : २०७८ असोज १९ र २० (दिल्ली)
- छैठौं : २०७९ असोज ११ र १२ (काठमाडौँ )
हरेक वर्ष आलोपालो आयोजना हुने बैठक सीमा समस्या, दुई देशबीच कूटनीतिक मामिलामा आएका दरार र आन्तरिक कारणले नियमित रूपमा बस्न सकेको छैन ।
नेपाल भारत सिमा सम्बन्धि थप जानकारीहरु :
- जम्मा सिमा स्तम्भ संख्या : ८,५५३ वटा
- हराएका सिमा स्तम्भ : २,७१६ वटा
- सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) संख्या : २२७ स्थान
- भारतीय एसएसबीका युनिट संख्या : ५३०
- सीमास्तम्भ सुरक्षाको जिम्मा : एपीएफ (नेपाल) र एसएसबी (भारत) को हो ,
सीमा मामिलामा दुई देशबीच परराष्ट्रमन्त्री, परराष्ट्र सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव, गृह र नापी विभागका सहसचिव, सशस्त्र प्रहरी र भारतीय एसएसबीका प्रमुखलगायत केन्द्रीय तहमा रहेका संयन्त्र छन् ।