Lesson : अन्तराष्ट्रिय समसामयिक
अतिकम विकसित मुलुकहरू (एलडीसी)को ५ औं सम्मेलन
अतिकम विकसित मुलुकहरू (एलडीसी)को ५ औं सम्मेलन सम्पन्न भएको छ
- सम्मेलन सुरु : २०२३ मार्च ५
- सम्मेलन समापन : २०२३ मार्च ९
- सम्मेलन भएको स्थान : दोहा, कतार
- नेपालको प्रतिनिधित्व : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ
- सम्मेलनको मुख्य बहस : 'सम्भावनादेखि समृद्धिसम्म' विषयमा
- विश्वका अति कम विकसित देशहरू सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने दौडमा रहेका छन् ।
तथ्यांकमा अतिकम विकसित मुलुकहरू
- जम्मा अतिकम विकसित देश(LDC) को संख्या : ४६
- Least Developed Countries(LDC) मा रहने विश्वको जनसंख्या : १४ %
- LDC को विश्व GDP मा हिस्सा : १.३%
- भौगोलिक क्षेत्र अनुसार अति कम विकसित देशहरू
- अफ्रिका : ३३ देश
- एसिया : ९ देश (नेपाल समेत)
- क्यारेबियन : १ (हाइटी)
- प्यासिफिक : ३
नक्सामा अतिकम विकसित देश