Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रिय साइबर सुरक्षा केन्द्र खोल्ने सरकारको निर्णय
सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र खोल्ने निर्णय गरेको हो
- कहिले ? : २०८० माघ १०
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० बमोजिम साइबर स्पेसको सुरक्षा र साइबर सुरक्षाका घटनाहरुको अनुगमन, पूर्वतयारी, रोकथाम, पहिचान र प्रतिकार्य सम्बन्धी काम प्रभावकारी रूपमा सम्पादन गर्न केन्द्र स्थापना गर्न लागिएको हो ।
- विश्वव्यापी साइबर सुरक्षा सूचकांकमा अहिले नेपालको स्कोर ४४.९९ छ ।
- सरकारले आगामी पाँच वर्षभित्र ६०, दश वर्षभित्र ७० र पन्ध्र वर्षभित्र ८० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।