Lesson : राष्ट्रिय समसामयिक
सोलुखुम्बुमा हिमताल बिस्फोट
सोलुखुम्बुमा हिमताल बिस्फोट भएको छ
- कहिले ? : २०८१ श्रावण ३२
- खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामे, सोलुखुम्बुमा सोहि आसपास रहेको एउटा हिमताल फुट्दा १४ घर बगाएको हो
हिमताल र जोखिम :
- अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले २०७७ सालमा गरेको संयुक्त अध्ययनमा ४७ वटा हिमताल उच्च जोखिममा रहेको भनिएको थियो । त्यसमध्ये २५ वटा चीन, २१ वटा नेपाल र एउटा भारतमा पर्छ (नेपालमा क्षति पुर्याउन सक्ने हिमतालहरु)
- इसिमोडको अध्ययन अनुसार सन् २०२२ सम्ममा नेपालमा ३ हजार ६२३ हिमतालहरु थिए ।