Lesson : राष्ट्रिय समसामयिक
सरकारको नीति तथा कार्यक्रम २०८०/८१
सरकारको नीति तथा कार्यक्रम २०८०/८१ संसद समक्ष प्रस्तुत गरिएको छ
- कहिले ? : २०८० जेठ ५ गते
- राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद समक्ष प्रस्तुत :
- १८८ बुदा समेटिएको
- संसदबाट पारित मिति : २०८० जेठ १३
मुख्य विशेषताहरु :
- देशको अर्थतन्त्र सुधारलाई केन्द्रमा राखिएको
- उच्च ब्याजदर र तरलता सङ्कुचनलाई सम्बोधन गरिने
- आउँदो वर्षको बजेटमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश प्राथमिकतामा
- बाली लगाउनुअघि नै प्रमुख कृषि उपजकाे न्यूनतम समर्थन मूल्य तोकिने
- कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा
- ढुङ्गा, गिटी, बालुवा सङ्कलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिने
- बर्खामा मासिक ५० र हिउँदमा ३० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिइने
- देशलाई काठमा आत्मनिर्भर बनाइने
- नेपाल टेलिभिजन र रेडियाे नेपाललाई गाभ्ने
- वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या सुन्न २४ घण्टे हटलाइन
- सहरी क्षेत्र तथा राजमार्ग वरपर १ हजार सार्वजनिक शौचालय बनाउने सरकारको घोषणा
- युवासँग सरकार, कोही हुने छैनन् बेरोजगार नीति अन्तर्गत थप पाँच लाख रोजगारी सृजना गरिने
- विदेशमा रहेका नेपालीलाई आवधिक चुनावमा मतदान गर्न पाउने व्यवस्था गरिने
- 'स्टार्टअप' लाई बिउ पुँजी, हिमालको पानी विश्व बजारमा 'ब्रान्डिङ'
- प्रत्येक पालिकामा 'स्मार्ट' विद्यालय, शिक्षण पेसालाई आकर्षक बनाउन विशेष 'प्याकेज'