Lesson : राष्ट्रिय समसामयिक
बार्षिक बजेट २०८१/८२ (सारांश)
बजेट २०८१/८२
अर्थमन्त्रि बर्षमान पुनले संघीय संसदको संयुक्त बैठक समक्ष मिति २०८१ जेठ १५ गते आ.व. २०८१÷८२ को बजेट प्रस्तुत गर्नुभएको छ
विनियोजन तर्फ :
⦿ कुल बजेट : १८ खर्ब ६० अर्ब ३० करोड
⦿ चालु खर्च : ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१%)
⦿ पुँजीगत खर्च : ३ खर्ब ५२ अर्ब ३५ करोड (१८.९४%)
⦿ वित्तीय व्यवस्था : ३ खर्ब ६७ अर्ब २८ करोड (१९.७४%)
श्रोत व्यवस्थापन
⦿ राजश्वः १२ खर्ब ६० अर्ब ३० करोड (६७.७५%)
⦿ वैदेशिक ऋण : २ खर्ब १७ अर्ब ६७ करोड (११.७०%)
⦿ आन्तरिक ऋण : ३ खर्ब ३० अर्ब (१७.७४%)
⦿ वैदेशिक अनुदान : ५२ अर्ब ३३ करोड (२.८१%)
⦿ आर्थिक वृद्धिदरको लक्ष्य : ६%
⦿ मुद्रास्फिति दर लक्ष्य : ५.५%
⦿ प्रदेश र स्थानीय तहमा हस्तान्तरण : ५ खर्ब ६७ अर्ब
कुन मन्त्रालयलाई कति बजेट ?
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय : ७ अर्ब ३५ करोड
- संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय : ११ अर्ब ९१ करोड
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय : ९ अर्व २८ करोड
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय : ८ अर्ब १० करोड
- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय : ६ अर्ब ८२ करोड
- वन तथा वातावरण मन्त्रालय : १५ अर्ब ७० करोड
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय : २ खर्ब ३ अर्ब ६६ करोड
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : ८६ अर्ब २४करोड
- खानेपानी मन्त्रालय :२६ अर्ब ६३ करोड
- कृषि तथा पशुपन्छी मन्त्रालय : ५६ अर्ब २९ कराेड
- युवा तथा खेलकुद मन्त्रालय :३ अर्ब ५० करोड
- ऊर्जा तथा जलस्राेत मन्त्रालय : ५० अर्ब ७४ कराेड
- महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालय :१ अर्ब ६० करोड
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय :१ खर्ब ५० अर्ब ५३ करोड
- शहरी विकास मन्त्रालय : ९२ अर्ब ६३ करोड
- रक्षा मन्त्रालय : ५९ अर्ब८७ करोड
- गृह मन्त्रालय :१ खर्ब ९९ अर्ब २४ करोड
- परराष्ट्र मन्त्रालय : ६ अर्ब ७७ करोड
बजेटका उद्देश्य
- उत्पादन, उत्पादकत्वर रोजगारी वृद्धि गर्नु,
- निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु,
- मानव संसाधन विकासगर्नु,
- स्रोत र साधनलाई सन्तुलितर समन्यायिक ढङ्गले परिचालनगरी आर्थिक असमानता र गरिबीन्यूनीकरण गर्नु, र
- सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु ।
बजेटका प्राथमिकताहरु
- आर्थिक सुधार र निजि क्षेत्रको प्रवर्द्धन
- कृषि, उर्जा, सूचनाप्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण,
- शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास,
- समावेशिता र सामाजिक सुरक्षा, र
- सुशासनप्रवर्द्धनतथा सार्वजनिक सेवा प्रवाहमा सुधार।
आर्थिक सुधारका ५ रणनीतिहरु :
- संरचनागत सुधार
- व्यावायिक वातावरण सुधार
- सार्वजनिक वित्त प्रणाली सुधार
- वित्तीय क्षेत्र सुधार
- सार्वजनिक प्रशासन सुधार
बजेटका पाँच रुपान्तरणकारी क्षेत्र :
- कृषि क्षेत्र रुपान्तरण
- उर्जा क्षेत्र रुपान्तरण
- सूचना प्रविधि विकास
- पर्यटन प्रवर्द्धन, र
- उद्यमशीलता र औद्योगिक विकास
विशेष घोषणाहरु :
- कृषिमा लगानी दशक : २०८१ देखि २०९१
- सूचना प्रविधि दशकको प्रस्थान बर्ष : आ.व. २०८१/८२
- महिलामा लगानी बर्ष : आ.व. २०८१/८२
- आगामी वर्ष (२०८१/८२) १६ लाख पर्यटक भित्र्याउने
- गण्डकी आर्थिक त्रिभुज परियोजना
- नारायणघाट – बुटवल खण्ड : निर्माण सामाग्री तथा हेभी उद्योगको केन्द्र
- मुग्लिङ्ग-पोखरा खण्ड : कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र
- पोखरा बुटवल खण्ड: विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट जस्ता उद्योगको केन्द्र
- एक पालिका एक डाउनटाउन विकास गरिने
- जन्म स्थलमा गैर आवासीय नेपाली अभियान चलाइने
- साथीबाट सिक्ने, साथीलाई सिकाउने कार्यक्रम संचालन गरिने
- प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम संचालन गरिने
- एक वडा एक पार्क निर्माण गरिने,
- हिमाल जोगाउँ, मानवता बचाउँ अभियानलाइ निरन्तरता
कर सम्बन्धि परिवर्तनहरु के भए ?
- दैनिक एक हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फर्म तथा उद्योगले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाई १ प्रतिशतमा ल्याइएको
- आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर समेत खारेज भएको
- मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तः शुल्क दर वृद्धि भएको छ ।
- मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोबारमा हाल रहेको थ्रेसहोल्डमा वृद्धि गरी तीस लाख पुगेको छ ।
- पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लाग्ने भएको