Lesson : राष्ट्रिय समसामयिक
स्मुथ ट्रान्जिसन स्ट्राटेजी’ सार्वजनिक
स्मुथ ट्रान्जिसन स्ट्राटेजी’ सार्वजनिक
- राष्ट्रिय योजना आयोगले ‘नेपालको अतिकम विकसित मुलुकबाट स्तरोन्नति र सहज सङ्क्रमणकालीन रणनीति ’ सार्वजनिक गरेको छ
- यसमा स्तरोन्नतिका क्रममा विभिन्न क्षेत्रमा पर्ने असर न्यूनीकरण गर्ने र स्तरोन्नतिपछिको लाभ कसरी लिने भन्ने विषय समेटिएको छ
नेपालको विकासशिल मुलुकमा स्तरोन्नति :
- नेपाल सन् १९७१ देखि संयुक्त राष्ट्र सङ्घको अतिकम विकसित देशहरुको सूचीमा छ ।
- सन २०२१ नोभेम्बर २४ मा संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाले तीन एसियाली देशहरु नेपाल, बङ्गलादेश र लाओसलाई पाँच वर्षको तयारी अवधि दिएर अतिकम विकसित देशको सूचीबाट स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।
स्तरोन्नतिले पर्न सक्ने असर (योजना आयोगको अध्ययन अनुसार):
- निर्यात : ४.३% ले घट्ने
- समग्र व्यापार क्षेत्रको वृद्धिदर : ०.१२% ले घट्ने
- समग्र आर्थिक वृद्धिदर : ०.००६% घट्ने
- ११,४०० व्यक्ति बेरोजगार हुने