क्षेत्र | GDP मा योगदान | वृद्धिदर |
प्राथमिक | २४.६% | ३.०३% |
द्वित्तीय | १२.५% | १.२% |
तृतीय | ६२.९ % | ४.५% |
1286 | राष्ट्रिय समसामयिक | २०८१ बैशाख | तेस्रो अन्तराष्ट्रिय लगानी सम्मेलन २०२४ सम्पन्न | तेस्रो अन्तराष्ट्रिय लगानी सम्मेलन २०२४ सम्पन्न भएको छ
- सम्मेलन अवधि : २०८१ बैशाख १६ र १७ (२०२४ अप्रिल २८ र २९)
- नारा : #INVESTINNEPAL
- प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका हुन् ।
- नेपालले पेश गरेका आयोजना : १४८ वटा
- ५५ देशबाट १६ सयभन्दा धेरै लगानीकर्ता र तिनका प्रतिनिधिहरूको सहभागीता रहेको
- पहिलो लगानी सम्मेलन २०७३ फागुन र दोस्रो २०७५ चैतमा आयोजना गरिएको थियो
| |
1285 | अन्तराष्ट्रिय समसामयिक | 2024 April | चीनले पठायो अन्तरिक्ष केन्द्रमा ३ अन्तरिक्ष यात्री | चीनले अन्तरिक्ष केन्द्रमा ३ अन्तरिक्ष यात्री पठाएको छ
- कहिले ? : २०२४ अप्रिल २५
- चिनले निर्माण गरेको अन्तरिक्ष केन्द्रमा पहिलोपटक मानिस पठाएको हो,
- अन्तरिक्ष यात्रीहरु : ये गुआंगफु, ली कङ्ग र ली गुआङ्सु
- अन्तरिक्ष यानको नाम : शेन्झाउ-१८
- यान प्रक्षेपण गरिएको स्थान : उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्र
- चिनिया अन्तरिक्षयात्रीलाइ टाईकोनटस (taikonauts) भनिन्छ
- चीनले सन् २०३० सम्म चन्द्रमामा मानिस पठाउने लक्ष्य लिएको छ
| |
1284 | दिवस र नाराहरु | २०८१ बैशाख | राष्ट्रिय चिया दिवस २०८१ | २८ औं राष्ट्रिय चिया दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ बैशाख १५ गते
- २०८१ को नारा : ‘कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’
- २०८० को नारा : ‘गुणस्तर निर्यात र आर्थिक उपार्जन बढाऔं, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौं ’
- आर्थिक बर्ष २०७९/८० मा नेपालबाट ३ अर्ब ९३ करोड ७२ लाख रुपैयाँबराबरको १ करोड ६५ लाख ९४ हजार किलो चिया निर्यात गरेको छ ।
- नेपालमा विशेषतः ३ प्रजातिको चिया खेती गरिन्छ । आसामी (Camelia asamica ) र कम्बोडियाली (Camelia asamica spp lasiocalyx) प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया (Camellia sinesis) मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ ।
- वि.सं. १९२०मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनिया जातको चियाको बीउ उपहार स्वरूप तत्कालीन चिनिया सम्राटबाट लिई नेपालमा भित्र्याएका थिए भनिन्छ।
- सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं.१९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको देखिन्छ ।
- वि.सं. २०१६ सालमा झापा जिल्लाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो ।
- त्यस्तै, सरकारी स्तरमा पनि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो ।
- २०३९ सालमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम)लाई चियाक्षेत्र घोषणा गरेको हो ।
| |
1282 | राष्ट्रिय समसामयिक | २०८१ बैशाख | प्रतिनिधि सभा र प्रदेशसभा उपनिर्वाचन २०८१ | प्रतिनिधि सभा र प्रदेशसभा उपनिर्वाचन २०८१ सम्पन्न भएको छ
- निर्वाचन मिति : २०८१ बैशाख १५
- निर्वाचन भएको क्षेत्र : इलाम–२ (प्रतिनिधिसभा) र बझाङ १ (क) (प्रदेशसभा)
- इलाम- २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ-१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि ति स्थान रिक्त रहेका थिए
- सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको २०८० असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो ।
- संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको २०८० भदौ २६ मा निधन भएको थियो ।
इलाम २ :
- विजयी उम्मेदवार : सुहाङ नेम्वाङ (नेकपा एमाले, २७,७७२ मत)
- निकटतम प्रतिद्वन्दी : डम्बर खड्का (नेपाली कांग्रेस, २१,९४२ मत)
बझाङ १ (क)
- विजयी उम्मेदवार : दमनबहादुर भण्डारी (नेकपा एमाले, ११,६१३ मत)
- निकटम प्रतिद्वन्दी : अभिषेक सिंह (नेपाली कांग्रेस, ११,३४६ मत)
| |
1281 | दिवस र नाराहरु | २०८१ बैशाख | विश्व औलो दिवस २०२४ | विश्व औलो दिवस २०२४ मनाइएको छ
- कहिले ? : २०२४ अप्रिल २५
- हरेक बर्षको अप्रिल २५ मा विश्व औलो दिवस (World Maleria Day) मनाउने गरिन्छ
- सन् २०२४ को नारा : “Accelerate the fight against malaria for a more equitable world.”
- यो दिवस सन् २००८ देखि मनाउन थालिएको हो
- सरकारले सन् २०२६ सम्ममा मुलकलाई औलोमुक्त राष्ट्रका रुपमा पुर्याउने उद्देश्य लिएको छ ।
- औलो एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो ! मलेरिया परजीवी (Parasite) को कारणले औलो रोग लाग्ने गर्दछ !
| |
1280 | राष्ट्रिय समसामयिक | २०८१ बैशाख | कतारका अमिर (राजा) को नेपाल भ्रमण | कतारका अमिर (राजा) नेपाल भ्रमणमा आएका छन्
- कहिले ? : २०८१ बैशाख ११ र १२
- राजाको नाम : तमिम बिन हमाद अल थानी
- खाडी राष्ट्रहरूबाट नेपालमा भएको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो ।
- सन् १९८० मा जन्मिएका थानी सन् २०१३ देखि कतारमा शासन गरिरहेका छन् ।
- नेपाल र कतारबीच २ सम्झौता, ६ समझदारीका विषयमा हस्ताक्षर भएको छ
- नेपालले उपहार दिने हात्ती : ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’
नेपाल कतार सम्बन्ध :
- कुटनीतिक सम्बन्ध स्थापना : सन् १९७७ जनवरी २१
- कतारमा नेपाली दुतावास : सन् २००० जुलाई ११ मा स्थापना
- नेपालमा कतारी दुतावास : सन् २०११ मा स्थापना
- द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर : २००५ मार्च २१
- श्रम सम्बन्धी प्रोटोकलमा हस्ताक्षर : २००८ जनवरी २०
- कतारबाट आयात (आ.व. २०७९/८०) : १३ अर्ब ३० करोड ६९ लाख १६ हजार
- नेपालबाट निर्यात ( आ.व. २०७९/८०) : ११ करोड ६ लाख ८८ हजार रुपैयाँ
- सर्वाधिक आयात हुने वस्तु ( आ.व. २०७९/८०) : सुन (११ अर्ब १४ करोड) र युरिया
- सर्वाधिक निर्यात ( आ.व. २०७९/८०): कृषिजन्य उत्पादन, कपडा र कार्पेट
| |
1279 | दिवस र नाराहरु | २०८१ बैशाख | पृथ्वी दिवस २०२४ | पृथ्वी दिवस २०२४ मनाइएको छ - कहिले ? : २२ अप्रिल २०२४
- हरेक बर्षको अप्रिल २२ मा पृथ्वी दिवस मनाउने गरिन्छ
- सन् २०२४ को नारा : “Planet Vs Plastic”
- सन् १९७० मा अमेरिकाबाट यो दिवस मनाउन सुरु गरिएपनि सन् २००९ मा राष्ट्रसंघको ६३औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ।
| |
1278 | दिवस र नाराहरु | २०८१ बैशाख | व्यक्तिगत घटना दर्ता सप्ताह | व्यक्तिगत घटना दर्ता सप्ताह
- हरेक बर्ष बैशाख १ देखि बैशाख ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह को रुपमा मनाउने गरिन्छ
- वि स २०६७ देखि यो दिवस / सप्ताह मनाउन थालिएको हो ,
- नेपालमा वि स २०३४ बाट व्यक्तिगत घटना दर्ता कार्यको आरम्भ भएको थियो
- सरकारले वि स २०८० (सन् २०२४ ) सम्म जन्मदर्ता शत प्रतिशत पुर्याउने लक्ष्य राखेको थियो
| |