Lesson : राष्ट्रिय समसामयिक
पहिलो महिला परराष्ट्र सचिव बनिन सेवा लम्साल
सेवा लम्साल परराष्ट्र सचिव बन्ने पहिलो महिला बनेकी छिन
- कहिले ? : २०८० मंसिर २८
- नाम : सेवा लम्साल
- लम्साल परराष्ट्र मन्त्रालयको इतिहासमा पहिलो परराष्ट्र महिला सचिव बन्न सफल भएकी छिन ।
- उनी परराष्ट्र मन्त्रालयकी २५ औं सचिव भएकी छन् ।
- नेपालका पहिलो परराष्ट्र सचिवका रूपमा सन् १९४८ मा प्रा. सरदार नरेन्द्रमणि आचार्य दीक्षित भएका थिए ।
- नेपालमा पहिलो महिला सचिव भने चन्द्रकला किरण हुन् ।
- उनीसहित हालसम्म नेपालमा २० महिला सचिव भइसके ।
- सन् २०१६ मा राजदूत हुँदा लम्साल परराष्ट्र सेवाबाटै उक्त पदमा पुग्ने तेस्रो महिला थिइन् ।
- २०४४ सालमा परराष्ट्र सेवाबाटै विन्देश्वरी शाह नेपालकै पहिलो महिला राजदूत (भारतका लागि) भएकी हुन् ।
- त्यसपछि परराष्ट्रकै अर्की कूटनीतिज्ञ अम्बिकादेवी लुइँटेल मानन्धर सन् २०१५ मा फ्रान्सका लागि राजदूत भइन् ।
- परराष्ट्र मन्त्रालयको लामो इतिहासमा सचिव बनेकी लम्सालले आफ्नो कर्मचारीतन्त्रको यात्रा भने प्रशासन सेवाबाट सुरुआत गरेकी हुन् ।
- भोजपुर दिङ्लाकी लम्साल सन् १९९८ मा शाखा अधिकृत भएकी थिइन् ।
- सन् २०१० मा परराष्ट्र सेवामा उपसचिवमा प्रवेश गरेकी उनी एक वर्षपछि नै सहसचिव भइन् ।
- उनीसँग महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयदेखि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग तथा पाकिस्तानका लागि राजदूत भएर काम गरेको अनुभव छ ।