Lesson : राष्ट्रिय समसामयिक
चालू आ.व. को आर्थिक वृद्धि ३ दशमलव ६ प्रतिशत हुने एडीबीकाे प्रक्षेपण
चालू आ.व. को आर्थिक वृद्धि ३ दशमलव ६ प्रतिशत हुने एडीबीकाे प्रक्षेपण सार्वजनिक
- एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशतले हुने प्रक्षेपण गरेको हो ।
- गएको वर्ष भने नेपालको अर्थतन्त्र १ दशमलव ८६ प्रतिशतले मात्रै बढेको थियो ।
- आउँदो वर्ष अर्थात् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ८ पुग्ने एडीबीको अनुमान छ ।
- यस अघि विश्व बैंकको प्रतिवेदनले नेपालको चालू आ.व. को आर्थिक वृद्धि ३.३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो ।