Lesson : राष्ट्रिय समसामयिक
हेन्ले पासपोर्ट इन्डेक्स २०२४ : नेपाल ९८ औं स्थानमा
शक्तिशाली पासपोर्ट सूचीमा नेपाल ९८ औं स्थानमा परेको छ
- सूचकांक : हेन्ले पासपोर्ट सूचकांक २०२४ (जनवरी ११, २०२४)
- नेपालको स्थान : ९८ औं
- सन् २०२३ मा नेपाल ९९ औं स्थानमा रहेको थियो
- नेपालको भिसा फ्रि स्कोर ४० रहेको छ
- यसको अर्थ नेपाललाइ ४० देशले अन अराइभल भिसा दिन्छन
- सूचिको शिर्ष स्थानमा रहेका देश : फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन (भिसा फ्रि स्कोर १९४)
सूचिको अन्तिममा रहेका ५ देश
- १०० औं : यमन (३५)
- १०१ औं : पाकिस्तान (३४)
- १०२ औं : इराक (३१)
- १०३ औं : सिरिया (२९)
- १०४ औं : अफगानिस्तान (२८)