Lesson : अन्तराष्ट्रिय समसामयिक
टाइटनिकको अवशेष हेर्न गएको पनडुब्बी दुर्घटना
टाइटान नामक पनडुब्बीमा सवार ५ जनाकै निधन
- दुर्घटना मिति : १८ जुन २०२३
- पनडुब्बीको नाम : टाइटान
- दुर्घटना भएको क्षेत्र : एटलान्टिक (आन्ध्र) महासागर
- यात्राको प्रबन्ध गर्ने कम्पनी : ओसनगेट
- यात्रा सुरु गरेको १ घण्टा ४५ मिनेटमा नै पनडुब्बीको आफ्नो जहाज पोलार प्रिन्ससँगको सम्पर्क टुटेको थियो ।
- मृत्यु हुनेमा बेलायतका अर्बपति व्यापारी हमिस हार्डिङ‚ पाकिस्तानी मूलका अर्बपति एवं व्यापारी साहजादा दाउद र उनका छोरा सुलेमान दाउद‚ फ्रान्सेली एक्सप्लोरर पल-अनरी नार्जोलेट र ओसनगेटका सीईओ स्टकटन रस रहेका छन्
टाइटानिक जहाज :
- टाइटानिक जहाज : सन् १९१२ अप्रिल १५ मा दुर्घटना भएको थियो ,
- हाल यसको भग्नावशेष एटलान्टिक (आन्ध्र) महासागरमा ३८०० मिटरको गहिराइमा अवस्थित छ
- भग्नावशेष पत्ता लागेको मिति : सन् १९८५ सप्टेम्बर १