Lesson : राष्ट्रिय समसामयिक
प्रधानमन्त्री दाहालको भारत भ्रमण र उपलब्धि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ४ दिने भारत भ्रमण सकिएको छ
- भ्रमण अवधि : २०८० जेठ १७ - २०८० जेठ २०
भ्रमणका उपलब्धि (सम्झौताहरु : २०८० जेठ १८ )
- १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्नेसम्बन्धी सम्झौता
- नेपालबाट भारतीय विद्युत् प्रसारण लाइन प्रयोग गरेर बङ्गलादेशमा विद्युत् निर्यात गर्न दिने । सुरुमा ५० मेगावाट बिजुली नेपालले बङ्गलादेश निर्यात गर्ने । नेपालबाट बङ्गलादेशमा थप ऊर्जा व्यापारको मार्गचित्रबारे त्रिपक्षीय छलफल गर्ने सहमति ।
- ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गर्ने गरी सम्झौतामा हस्ताक्षर ।
- दुई देशका प्रधानमन्त्रीले ‘न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ को संयुक्त रूपमा शिलान्यास गर्नुभएको । आयोजना नेपाल विद्युत् प्राधिकरण र भारतीय विद्युत् प्राधिकरणको समान लगानी रहेको छुट्टै कम्पनीले बनाइने ।
- ४२६ मेगावाटको फुकोट कर्णाली आयोजना भारतीय कम्पनी एनएचपिसीसमेतको लगानीमा निर्माण हुने । आयोजनाको लागत करिब ६१ अर्ब ८६ करोड रुपियाँ हुने अनुमान छ ।
- पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर तीन महिनाभित्र सम्पन्न गर्ने र एक वर्षभित्र लगानीको मोडालिटी तय गरिने ।
- सिलिगुढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सहमति ।
- नेपाल र भारतबिच अन्तरदेशीय डिजिटल पेसम्बन्धी सम्झौतामा हस्ताक्षर । यसबाट नेपाल र भारतका नागरिकले अब क्युआर कोड स्क्यानबाट भुक्तानी गर्न सक्ने ।
- भारतीय सहयोगमा कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने सम्झौता ।
- समुद्रसम्म नेपालको सिधा पहुँच हुने गरी पारवहन सन्धि संशोधन गरिएको । नेपालले भारतको बनारस, साहिबगन्ज, कालुघाट जलमार्ग प्रयोग गर्न पाउने ।
- नेपालको परराष्ट्र मामिला संस्थान र भारतको सुष्मा स्वराज इन्स्टिच्युट अफ फरेन सर्भिसबिच सहकार्य गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर ।
- दुई देशका प्रधानमन्त्रीद्वारा बथनाहादेखि विराटनगरको बुधनगरसम्मको कार्गो रेल्वे सेवाको उद्घाटन ।
- प्रचण्ड र मोदीद्वारा नेपालगन्जस्थित एकीकृत जाँच चौकीको उद्घाटन र भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास ।
- भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालनका लागि भारत सहमत ।