Lesson : साहित्य, पुरस्कार र सम्मान
नोबेल पुरस्कार २०२२
नोबेल पुरस्कार २०२२ का विभिन्न विधाका विजेताहरुको नाम घोषणा गरिएको छ
- अर्थशास्त्र तर्फ
- बेन एस बर्नान्के (अमेरिका), डग्लस डब्ल्यू डायमन्ड (अमेरिका), फिलिप एच डाइब्भिग (अमेरिका)
- योगदान : वित्तीय सङ्कटमा बैंकको भूमिकाबारे महत्त्वपूर्ण अनुसन्धान गरेको र सुधारका उपायसमेत दिएको
- शान्ति तर्फ :
- एलेस बिअलिआत्स्की (बेलारुस), मेमोरियल (रुसको मानवअधिकारवादी संस्था) र सेन्टर फर सिभिल लिबर्टी (युक्रेनको मानवअधिकारवादी संस्था)
- योगदान : उनीहरूले युद्ध अपराध, मानवअधिकार उल्लंघन र शक्तिको दुरुपयोगलाई अभिलेखीकरण गर्न उत्कृष्ट प्रयास गरेका छन्
- साहित्य तर्फ :
- विजेता : एनी अर्नो (फ्रान्सकी लेखिका)
- योगदान : निडर भएर आफ्नो व्यक्तिगत कथा भनेवापत
- १९०१ मा स्थापना भएको साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त गर्ने उनी १७ औं महिला लेखक हुन् ।
- चिकित्सा विज्ञानतर्फ :
- विजेता : सभान्ते पाब्बो (स्विडेन)
- योगदान : मानव विकासक्रमका सम्बन्धमा गरेको अध्ययनका लागि
- रसायनशास्त्र तर्फ :
- विजेता : क्यारोलिन बर्टोजी (अमेरिका), मोर्टिन मेल्डाल (डेनमार्क) र बेरी सार्पलेस (अमेरिका)
- योगदान : क्लिक केमिस्ट्री र बायोर्थोगोनल केमिस्ट्रीको विकासको लागि
- भौतिक शास्त्र तर्फ :
- विजेता : अलिन आस्पेक्ट (फ्रान्स), जोन एफ क्लाउजर (अमेरिका) र एन्टोन जेलिङ्गर (अस्ट्रिया)
- योगदान : बेल असमानताको उल्लङ्घन र अग्रगामी क्वान्टम सूचना विज्ञानको स्थापना र प्रयोग