Lesson : राष्ट्रिय समसामयिक
शताब्दि पुरुष सत्यमोहज जोशीको निधन
शताब्दि पुरुष सत्यमोहज जोशीको निधन भएको छ
- कहिले ? : २०७९ असौज ३० गते
- संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो ,
- जन्म : वि.सं. १९७७ वैशाख ३०
- आमाको नाम : राजकुमारी जोशी
- पिता : शंकरराज जोशी
सत्यमोहन जोशीको योगदान :
- तीनपटक मदन जित्ने एकमात्र नेपाली
- २०१३ : ‘हाम्रो लोक संस्कृति’
- २०१७ : ‘नेपाली राष्ट्रिय मुद्रा’
- २०२८ : ‘कर्णाली लोक संस्कृति’
- उनी राष्ट्रिय समाचार समिति र चिनियाँ रेडियोमा समेत आबद्ध
- वि. सं. २०१५ मा ३८ वर्षको उमेरमा पुरातत्व विभागका पहिलो निर्देशक नियुक्त
- प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित
सत्यमोहन जोशीलाई प्राप्त सम्मान :
- उनको जन्म शताब्दीको अवसरमा २०७६ सालमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकट प्रकाशित
- जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदासमेत दिएको थियो ।
- ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले जोशीलाई निःशुल्क गाडी र सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो
- २०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो
- २०७१ मङ्सिर १५ गते उनलाई शताब्दी पुरुष उपाधि प्रदान गरिएको थियो ,
- २०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका थिए ।
- सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णय गरेको