Lesson : राष्ट्रिय समसामयिक
थारू समुदायले मनाए अटवारी पर्व
थारू समुदायले अटवारी पर्व मनाएका छन्
- कहिले ? : श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबार
- मनाइने क्षेत्र : कैलाली, कञ्चनपुरसहित पश्चिम तराईका बाँके, बर्दिया र दाङमा बसोबास गर्ने थारु समुदाय
- भाद्र शुक्ल पक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगामा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन रहेको
- व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफुल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्ट्याई बाँकी भाग व्रतालुले खाने चलन रहेको