Lesson : राष्ट्रिय समसामयिक
महालेखा परीक्षक कार्यालयको ६१ औं प्रतिवेदन सार्वजनिक
महालेखा परीक्षक कार्यालयको ६१ औं प्रतिवेदनले औल्याएको बेरुजुको अवस्था : -
- यो प्रतिवेदन अघिल्लो आर्थिक बर्ष (आ.व. २०७९/८०) को लेखापरीक्षण प्रतिवेदन हो
- लेखापरीक्षण अंक : ७८ खर्ब ८१ अर्ब ६० करोड
- जम्मा बेरुजु प्रतिशत : १.२१%
- यो बर्ष औल्याइएको बेरुजु : ९५ अर्ब ६० करोड २१ लाख
- यो बर्ष सम्म जम्मा लागति बेरुजु : ६ खर्ब ६९ अर्ब ८६ करोड
यो बर्षको जम्मा बेरुजुको बर्गिकरण :
- असुल गर्नुपर्ने : २४.४७%
- नियमित गर्नुपर्ने : ६८.०३%
- अनियमित भएको : १८.५१%
- प्रमाण कागज पेश नभएको : ४९.३८%
- शोधभर्ना नलिएको : ०.१४ %
- पेश्की : ७.५०%
लेखापरीक्षण अंकको तुलनामा निकायगत बेरुजुको अवस्था :
- संघीय मन्त्रालय तथा निकाय : १.८९%
- प्रदेश मन्त्रालय तथा निकाय : २.०३%
- स्थानीय तह : २.७२%
- संघीय संस्था समिति र अन्य संस्था : ०.२७%
- प्रदेश संस्था, समिति र अन्य संस्था : २.२४%
लेखापरीक्षण अंकको तुलनामा प्रदेशगत बेरुजु प्रतिशत :
- कोशी : २.५०%
- मधेश : ३.८७%
- वागमती : १.१५%
- गण्डकी : १.९५%
- लुम्बिनी : १.९५ %
- कर्णाली : २.५९%
- सुदुरपश्चिम : ०.९५%