Lesson : राष्ट्रिय समसामयिक
नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी शुरु
नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुभारम्भ भएको छ
- कहिले देखि ? : २०८० भदौ २१
- नेपालको फोन पे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) बीच अन्तरदेशीय क्यूआर भुक्तानीका लागि सम्झौता भएको हो ,
- अब भारतीयहरू नेपाल आउँदा फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । नेपालीले भारतमा भुक्तानी गर्नका लागि भने राष्ट्र बैंकको निर्देशिका कुर्नुपर्ने छ
- भारतका पेटीएम, गुगल पे, फोन पे र मोबाइल बैंकिङ एप नेपालमा आएर फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाइनेछ