Lesson : अन्तराष्ट्रिय समसामयिक
जापानद्वारा चन्द्रमामा यान प्रक्षेपण
जापानले चन्द्रमामा यान प्रक्षेपण गरेको छ
- कहिले ? : ७ सेप्टेम्बर २०२३ (भाद्र २१, २०८०)
- मिसनको नाम : मून स्नाइपर (Moon Sniper)
- प्रक्षेपण गरिएको यानको नाम : SLIM (Smart Lander for Investigating Moon)
- जापानको अन्तरिक्ष संस्था : JAXA (Japan Aerospace Exploration Agency )
- यो मिसन झन्डै पाँच महिनाभित्र अर्थात् आउँदो फेब्रुअरीमा चन्द्रमाको सतहमा अवतरण हुनेछ
- यो मिसन सफल भयो भने जापान चन्द्रमाको सतहमा अवतरण गर्ने विश्वको पाँचौँ देश हुनेछ ।
- अहिलेसम्म अमेरिका, रुस, चीन र भारतले मात्रै चन्द्रमामा आफ्नो मिसन सफलतापूर्वक अवतरण गरेका छन् ।