Lesson : राष्ट्रिय समसामयिक
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्त सर्वोच्चद्वारा बदर
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्
- कहिले ? : २०८० श्रावण ११
- सभामुखको समर्थनमा सरकार गठन गर्नु संविधान र संसदीय मूल्यमान्यता विपरीत हुने ठहर सर्वोच्चले गरेको छ
- २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए
- सर्वोच्चले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न पनि आदेश दिएको छ ।
प्रदेश सभाको अंकगणित :
- कुल ९३ सदस्य रहेको कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका छ गरी ४६ जना सांसद एकातिर छन्।
- बाँकी कांग्रेस र माओवादीसहितका दलका ४६ सांसद अहिले सरकारको पक्षमा छन्।
- प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ।
- प्रदेश सभाका सभामुख बाबुराम गौतम नेकपा (माओवादी केन्द्र) का सांसद हुन्