Lesson : राष्ट्रिय समसामयिक
दुवै खुट्टा गुमाएका हरि बुढामगरद्वारा सगरमाथा आरोहण
दुवै खुट्टा गुमाएका हरि बुढामगरले सफल सगरमाथा आरोहण गर्नुभएको छ
- आरोहण मिति : २०८० जेठ ५
- घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथा आरोहण गर्नुभएको हो ,
- कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा आरोहण गर्नुभएको पर्यटन विभागले जनाएको छ ।
- सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगरले अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाउनुभएको थियो ।
- यस संगै घुँडामाथिसम्म दुवै खुट्टा गुमाएर पहिलो सफल सगरमाथा आरोहणको किर्तिमान हरिबहादुर बुढा मगरको नाममा बनेको छ