Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रिय सभा निर्वाचनको लागि नयाँ मतभार निर्धारण
राष्ट्रिय सभा निर्वाचनको लागि नयाँ मतभार निर्धारण गरिएको छ
- कहिले ? : २०८० मंसिर ६
- नयाँ मतभार अनुसार प्रदेश सभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम हुने
- मतभारलाई जनसंख्याको आधारमा तय गरिने भएकोले राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नयाँ मतभार निर्धारण गरिएको हो
- यस अघि प्रदेश सभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १८ मतभार रहेको थियो
- राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/ उपप्रमुख तथा अध्यक्ष / उपाध्यक्ष मतदाता हुने व्यवस्था छ
- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि २०८० फागुन २० मा समाप्त हुन लागेको छ ।