Lesson : राष्ट्रिय समसामयिक
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
- चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
- विश्व बैंकले २०८१ असोज १६ गते सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट : अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो ।
- विश्व बैंकले गत आर्थिक वर्ष (सन् २०२४) मा ३.९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
- नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष (सन् २०२६) मा भने ५.५ प्रतिशतले वृद्धि हुने उसको अनुमान छ ।
- त्यस्तै ADB ले चालु आ.व. मा ४.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान यस अघि नै गरिसकेको छ