Lesson : राष्ट्रिय समसामयिक
पहिलोपटक गैरआवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान
पहिलोपटक गैरआवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ
- कहिले ? : २०८० असोज ३०
- पहिलो गैरआवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिहरु : कुल आचार्य र बद्री केसी
- उनीहरु एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष हुन्
- कानूनी व्यवस्था : नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।
- पाउने अधिकार : नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पाउने , नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने
- सर्त / आवश्यक प्रमाण :
- निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण
- सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण
- विदेशी मुलुकको नागरिकता भएको प्रमाण
- दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण
- नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र।