Lesson : राष्ट्रिय समसामयिक
कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्
- कहिले ? : २०८० आश्विन २७
- संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्
- राजनीतिक दल : नेपाली कांग्रेस
- उनि कोशी प्रदेशको आठौं मुख्यमन्त्री बनेका हुन् ।
पृष्ठभूमि :
- दोस्रो प्रदेशसभाको साढे नौ महिने कार्यकालमा कार्की ५ औं मुख्यमन्त्री नियुक्त भएका हुन् ।
- यो अवधिमा हिक्मत कार्की र उद्धव थापा २/२ पटक मुख्यमन्त्री भइसकेका हुन् ।
- सर्वोच्च अदालतको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएका एमाले नेता हिक्मत कार्कीले विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि असोज २० मा मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
- उनले राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए ।
- त्यसपछि कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा कार्की र गठबन्धन दलको सिफारिसमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले शुक्रबार मुख्यमन्त्रीका लागि आ–आफ्ना दाबी पेस गरेका थिए ।