Lesson : राष्ट्रिय समसामयिक
अब देखि सरकारी कागजातमा नेपाल संवत्समेत उल्लेख गर्ने
सरकारले सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको छ ?
- निर्णय मिति : २०८० कार्तिक २७
- २०८० कार्तिक २८ बाट नेपाल संवत् ११४४ सुरु भएको छ
- अब देखि विक्रम सम्बत उल्लेख हुने हरेक सरकारी कागजातमा नेपाल सम्बत समेत उल्लेख हुनेछ
- राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत् को सुरुवात गराएका थिए ।
- विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।