Lesson : राष्ट्रिय समसामयिक
आ.व. ०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ % हुने विश्व बैंकको अनुमान
आ.व. ०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्वबैंकले अनुमान गरेको छ
विश्व बैंकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावना प्रतिवेदनअनुसार
- आर्थिक बर्ष ८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने
- अर्को बर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने
- चालु आर्थिक वर्ष सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ ।
- विश्व बैंकले २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने अनुमान गरेको छ ।
- २०२३ मा २.६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि २०२४ मा २.४ प्रतिशत रहने प्रतिवेदनमा छ ।
- आर्थिक विस्तारका लागि यो दशक परिवर्तनकारी बन्ने अपेक्षा गरिए पनि सुरुका चार आवको वृद्धि ३० वर्षयताकै कमजोर रहेको प्रतिवेदनले औंल्याएको छ ।