Lesson : राष्ट्रिय समसामयिक
अध्यागमनमा ई–भिसा र अनलाइन भुक्तानी सेवा सुरु
अध्यागमनमा ई–भिसा र अनलाइन भुक्तानी सेवा सुरु भएको छ
- कहिले देखि ? : २०८० माघ २६
- अध्यागमन विभागले नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई–भिसा र अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेको हो
- सेवा शुरु भएसँगै नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राही भौतिक रूपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।