Lesson : राष्ट्रिय समसामयिक
अभ्यास शान्ति प्रयास–४ सुरु
१९ मुलुकका सैनिकहरूको ‘अभ्यास शान्ति प्रयास’ सुरु भएको छ
- कहिले ? : २०८० फागुन ८ देखि फागुन २१
- सहभागी देश : १९
- सहभागी सैनिक : ११२५
- संयुक्त राष्ट्र संघ (यूएन) मार्फत शान्ति स्थापनार्थ सहभागी हुने फौजको पेसागत दक्षता र आपसी समन्वयात्मक क्षमता बढाउने उद्देश्यले उक्त बहुराष्ट्रिय अभ्यास आयोजना गरिएको हो
- नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा उक्त अभ्यास कार्यक्रम हुनेछ
- नेपाल अहिले शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने सूचीमा पहिलो नम्बरमा रहेको छ ।
- यस अघि अभ्यास शान्ति प्रयास सन् २०००, २०१३, २०१७ मा आयोजना गरिएको थियो