Lesson : राष्ट्रिय समसामयिक
नौबिसे- नागढुंगा सुरुंगमार्गको मुख्य सुरुङको ब्रेक थ्रु
नौबिसे- नागढुंगा सुरुंगमार्गको मुख्य सुरुङको ब्रेक थ्रु भएको छ
- कहिले ? : २०८१ बैशाख ३
- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो
- आपतकालीन सुरुंगमार्गको ब्रेक थ्रु : २०८० श्रावण २२
- आपतकालीन सुरुंगमार्गको लम्बाई : २५५७ मिटर
- मुख्य सुरुंगमार्गको लम्बाई : २६८८ मिटर
- सुरुंगका दुइ विन्दु : काठमाण्डाैको चन्द्रागिरिमा रहेको टुटीपाखा र धादिङको धुनीबेसी नगरपालिकामा रहेको सिस्नेखोला
- सुरुङको शिलान्यास : २०७६ कात्तिक ४
- अनुमानित लागत : २२ अर्ब (१६ अर्ब जाइका र ६ अर्ब नेपाल सरकार)