Lesson : राष्ट्रिय समसामयिक
प्रतिनिधि सभा र प्रदेशसभा उपनिर्वाचन २०८१
प्रतिनिधि सभा र प्रदेशसभा उपनिर्वाचन २०८१ सम्पन्न भएको छ
- निर्वाचन मिति : २०८१ बैशाख १५
- निर्वाचन भएको क्षेत्र : इलाम–२ (प्रतिनिधिसभा) र बझाङ १ (क) (प्रदेशसभा)
- इलाम- २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ-१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि ति स्थान रिक्त रहेका थिए
- सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको २०८० असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो ।
- संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको २०८० भदौ २६ मा निधन भएको थियो ।
इलाम २ :
- विजयी उम्मेदवार : सुहाङ नेम्वाङ (नेकपा एमाले, २७,७७२ मत)
- निकटतम प्रतिद्वन्दी : डम्बर खड्का (नेपाली कांग्रेस, २१,९४२ मत)
बझाङ १ (क)
- विजयी उम्मेदवार : दमनबहादुर भण्डारी (नेकपा एमाले, ११,६१३ मत)
- निकटम प्रतिद्वन्दी : अभिषेक सिंह (नेपाली कांग्रेस, ११,३४६ मत)