Lesson : दिवस र नाराहरु
लेखक दिवस २०८१
लेखक दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ बैशाख १६
- पहल गर्ने निकाय : नेपाली लेखक संघ
- नेपाली लेखक संघले 'लाइब्रेरी पर्वको' घटेको दिन पारेर हरेक बर्ष बैशाख १६ लाई लेखक दिवसको रुपमा मनाउने निर्णय गरेको हो
लाइब्रेरी पर्व
- १९८७ बैशाख १६ गते : सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवं बुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीम शमशेर समक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन
- यस दिनलाई नेपालको इतिहासमा पुस्तकालय पर्वका रूपमा पनि चिनिन्छ।