Lesson : राष्ट्रिय समसामयिक
नेपाल राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को एशिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित
नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को एशिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ
- कहिले ? : २०२४ जुलाई २५ (२०८१ श्रावण १०)
- ५४ सदस्यीय इकोसकमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नुहुनेछ ।
- आगामी वर्ष नेपाल एसिया –प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ ।
- सन् २०२३ मा नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको थियो