Lesson : दिवस र नाराहरु
३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवस २०२४
३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवस २०२४ मनाइएको छ
- कहिले ? : ९ अगस्त २०२४ (२५ श्रावण २०८१)
- हरेक बर्षको अगस्त ९ मा अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने गरिन्छ
- यस बर्षको नारा : “Protecting the Rights of Indigenous Peoples in Voluntary Isolation and Initial Contact”
- राष्ट्रिय नारा : ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर’'
इतिहाँस
- संयुक्त राष्ट्रसंघको सोही कार्यदलको सन् १९९० को सुझावमा सन् १९९३ लाई संयुक्त राष्ट्रसंघले अन्र्तराष्ट्रिय आदिवासी वर्ष घोषणा गरयो।
- त्यसको अर्को बर्ष सन् १९९४ को अगस्त ९ मा पहिलोपल्ट विश्व आदिवासी दिवस मनाइएको थियो
- नेपालमा पनि सन् १९९४ देखिने विश्व आदिवासी दिवस मनाउदै आइएको छ
- संयुक्त राष्ट्रसंघले दुइवटा अन्र्तराष्ट्रिय दशकहरु (पहिलो सन् १९९५ देखि २००४ र दोस्रो २००५ देखि २०१४ सम्म) घोषण गरेको थियो ।
- त्यसैले पुनः संयुक्त राष्ट्रसंघकै आह्वानमा सन् २०१९ लाई विश्व आदिवासी भाषा वर्ष र सन् २०२२ देखि २०३२ सम्म अन्र्तराष्ट्रिय आदिवासी भाषा दशक मनाउने घोषणा गरेको छ ।