Lesson : राष्ट्रिय समसामयिक
विद्युतीकरण तथ्यांक, २०८१ सार्वजनिक
नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण तथ्यांक, २०८१ सार्वजनिक गरेको छ
- नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ स्थानीय तहमा राष्ट्रिय प्रशारण लाइनको विद्युत नपुगेको
- राष्ट्रिय प्रसारणको विद्युत् नपुग्नेमा डोल्पाका ६, हुम्लाका ४, मुगुका ३, बैतडी, बझाङ, गोरखा र मनाङको समान एक पालिका छन् ।
- ९० पालिकामा ९५ देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ ।
- ७२ पालिकामा ७५–९५ प्रतिशतसम्म, ३३ वटामा ५०–७५ प्रतिशतसम्म,
- २६ वटामा २५–५० प्रतिशतसम्म र
- ३२ वटामा ०–२५ प्रतिशतसम्म विद्युतीकरण गरिएको छ ।
- विद्युतीकरण भएको परिवार : ९९ प्रतिशत (९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र २ प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघु जलविद्युत्, सौर्य ऊर्जालगायत)
प्रदेश अनुसार विद्युतीकरण
- कोशी : ९९.३०%
- मधेश : १००%
- वागमती : ९९.९७%
- गण्डकी : ९९.४०%
- लुम्बिनी : ९८.४९ %
- कर्णाली : ७४.३८ %
- सुदूरपश्चिम :८६.५८%