Lesson : राष्ट्रिय समसामयिक
नेपाल इन्फ्रास्ट्रक्चर सम्मेलन २०२४ सम्पन्न 🆕
नेपाल इन्फ्रास्ट्रक्चर सम्मेलन २०२४ सम्पन्न भएको छ
- आयोजना मिति : २०८१ भदौ २७ देखि २८
- आयोजक : भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सीएनआई)
- सम्मेलनमा पूर्वाधार विकासका मोडलहरू, नेपालमा लागु गर्न सकिने व्यावहारिक पक्षको पहिचान तथा हाम्रा पूर्वाधार परियोजनाहरू आर्थिक रूपमा मात्र नभई सामाजिक र वातावरणीय रूपमा पनि दिगो छन् भनी सुनिश्चित गर्न चाल्नुपर्ने कदमहरूबारे स्पष्टता रूपमा सुझावहरू आएको मन्त्रालयले जनाएको छ