Lesson : राष्ट्रिय समसामयिक
धरहरा सर्वसाधारणको लागि खुला
धरहरालाई ९ बर्ष पछी सर्वसाधारणको लागि खुला गरिएको छ
- कहिले ? : २०८१ असोज ३
- १२ वैशाख २०७२ को महाभूकम्पले ढलेको धरहरा (भीमसेन स्तम्भ)को छेवैमा अर्को उस्तै धरहरा बनेसँगै सर्वसाधारणका लागि प्रवेश खुला गरिएको हो
- नवनिर्मित धरहराको उद्घाटन तत्कालिन प्र.म. केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते गरेका थिए
धरहराको परिचय :
- जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ।
- भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ। धरहराभित्र २ वटा लिफ्ट रहेका छन् ।
- एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन्।
- धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २० औं तल्लाबाहिर २.५ मिटर चौडाइको बार्दली रहेको छ ।
- १८८२ सालमा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा थापाले सुन्धारामा अर्को ६१.८८ मि. अग्लो ११ तले धरहरा बनाउन लगाएका थिए।
- १८९० मा भत्किएपछि लगनटोलकोधरहराको जीर्णोद्वार भएन। १९१३ मा बज्र (चट्याङ) परी भत्केपछि १९२३ मा पुनः जीर्णोद्वार भएको थियो।
- १९९० माघ २ को महाभूकम्पमा भत्किएको धरहराको जीर्णोद्वार २ वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाद्वारा गराइएको थियो। सो पुनर्निर्माणपछि धरहरा ११ तलाबाट ९ तल्लामा सीमित भयो।
- २०७२ वैशाख १२ गतेको महाभूकम्पबाट धरहरा पूर्णरूपमा क्षति भएको थियो।
- २०७२ फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान चलाएका थिए।
- २०७५ असोज १४ गते नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट धरहरा पुनर्निर्माणको काम सुरु भएको थियो।
- २०७४ कार्तिक २७ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकद्वारा धरहरा पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरिएको थियो।