Lesson : दिवस र नाराहरु
संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१
नवौं संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ मनाइएको छ
- कहिले ? : २०८१ असोज ३
- विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनलाई सम्झदै संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ ।
- ३५ भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।