Lesson : अन्तराष्ट्रिय समसामयिक
जोर्डन बन्यो कुष्ठरोग उन्मुलन गर्ने विश्वकै पहिलो देश
जोर्डन बन्यो कुष्ठरोग उन्मुलन गर्ने विश्वकै पहिलो देश
- कहिले ? : १९ सेप्टेम्बर २०२४
- विश्व स्वास्थ्य संगठनले जोर्डनलाई आधिकारिक रुपमा कुष्ठरोग उन्मुलन गरेको प्रमाणपत्र प्रदान गरेको छ
- यसरी कुष्ठरोग उन्मुलन गर्ने जोर्डन विश्वकै पहिलो देश बनेको छ
- विश्व कुष्ठरोग दिवस प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्वभर मनाइन्छ
- कुष्ठरोग माइकोब्याक्टेरियम लेप्रे नामक शुष्म किटाणुको कारणले हुने दीर्घकालीन संक्रामक रोग हो।
- नेपालले सन् २०३० सम्ममा कुष्ठरोग उन्मूलनको लक्ष्य राखेको छ
- नेपालमा आर्थिक वर्ष २०७८/७९ मा कुल २२८५ नयाँ कुष्ठरोगी फेला परेका थिए